नियम १४
भेरिएसन आदेश स्वीकृत गर्ने
स्वीकृत लागत अनुमान बमोजिम काम शुरु गरि
सकेपछि प्राविधिक कारणबाट त्यस्तो कार्यको परिमाण थप घट गर्न वा नया“ आइटम
थप्न वा सट्टा गर्न आवश्यक देखिएमा स्वीकृत बजेटको अधीनमा रही देहाय बमोजिम
भेरिएसन आदेश स्वीकृत गराई काम गराउन सकिनेछ ः–
(क) निर्माण कार्यको ड्रईङ, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु नपर्ने
तर कामको परिमाण मात्र थपघट हुने अवस्थामा सम्झौता मूल्यको दश
प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक पुष्ट्याईं गरी गाउ“ विकास
समितिका अध्यक्षले र सो भन्दा बढी पन्ध्र प्रतिशतसम्मको भेरिएसन
आदेश प्राविधिक पुष्ट्याई गरी गाउ“ विकास समितिले,
(ख) निर्माण कामको ड्रईङ, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु पर्ने भई
सम्झौता मूल्यको पन्ध्र प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक
पुष्ट्याई सहित संशोधित अनुमान तयार गरी गाउ“ विकास समितिले,
(ग) मालसामान खरिद, परामर्श सेवा र अन्य सेवा खरिदको हकमा सम्झौता
मूल्यको पन्ध्र प्रतिशतसम्मको भेरिएसन आदेश पुष्ट्याई गरी गाउ“ विकास
समितिले,
(घ) सम्झौता मूल्यको पन्ध्र प्रतिशत भन्दा बढी भेरिएसन गर्नु पर्ने भएमा नया“
लागत अनुमान तयार गरी नया“ खरिद प्रकृयाबाट काम गराउनु पर्नेछ ।